हिमाली आवाज । नेपालको चर्चित र जेठो म्याराथन ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को मुख्य संयोजकमा दिल बहादुर गुरुङ मनोनित हुनुभएको छ ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्थाले आयोजना गर्ने पोखरा अन्तर्राष्ट्रिय म्याराथन १८ औं संस्करणको पोखरा म्याराथन आगामी २०८० फागुन ५ गते हुने छ । मञ्चको शनिबार पोखरामा सम्पन्न बैठकले ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को मुख्य संयोजकमा गुरुङलाई मनोनयन गरेको हो ।
पोखरा म्याराथनले पोखरालाई खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रियरुपमा पहिचान गराउने संगै पोखरालाई खेलकुद पर्यटनको हवको रुपमा विकास गर्न महत्वपर्ण भूमिका खेल्दै आएको बताउँदै मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले बताउनुभयो ।
१८ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा मुख्य संयोजक मनोनयन हुनुभएका प्रथम उपाध्यक्ष गुरुङ प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य समेत हुनुहुन्छ ।
बैठकले मञ्चको पहलमा सञ्चालन गर्न लागेको एथलेटिक्स एकेडेमी बारे वृहद् छलफल गरेको र महासचिव तिमिल्सिनाको संयोजकत्वमा एकेडेमीको कार्यविधि तयार गर्न कार्यदल गठन समेत गरेको छ ।