विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकार महासंघ कास्कीमा दन्त शिविर

हिमाली आवाज । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघ कास्की शाखामा भोली वैशाख २० गते दन्त शिविर सञ्चालन गरिने भएको छ ।

कास्कीमा क्रियाशील पत्रकारहरुको दन्त परिक्षण तथा उपचारका लागि शिविर सञ्चालन गर्न लागिएको हो । पत्रकार महासंघ कास्की शाखा र नेलम्बो नेपालले शिविर आयोजना गरेका हुन् ।

सञ्चारकर्मीहरुको मुख स्वास्थ्यलाई मध्यनजर राखी शिविर सञ्चालन गर्न लागिएको महासंघका अध्यक्ष विमला भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो,“दाँत र मुखको स्वास्थ्य धेरै महत्वपूर्ण हो । क्रियाशील पत्रकारहरुलाई उपचारमा सहजताका लागि नेलम्बोसँगको सहकार्यमा शिविर आयोजना गरेका हौँ ।”

पत्रकार महासंघको प्राङ्गणमा हुने शिविरमा दन्त परीक्षण, दाँतको एक्सरे दाँत निकाल्ने, दाँत सफा गर्ने, दाँतको जरै देखि उपचार, गिजाको उपचार र औषधी वितरण हुनेछ ।

शिविरमा दन्त चिकित्सक डा सिजन मसार्नी, दन्त चिकित्सा सहायक करुणा गर्बुजा, अञ्जु विक, कार्यक्रम संयोजक भीम प्रसाद भण्डारी, किल्निकल सहयोगी रितिक चुवाई, फिल्ड एडमिन सहयोगी नम्रता ढुङ्गाना, प्राविधिक सुपरभाईजर रुपेश गुरुङ्ग र मुक्त बहादुर हमाल गरी नेलम्बोको आठ जनाको टोलीले प्राविधिक सहयोग उपलव्ध गराउने छ ।

शिविरमा कास्कीमा क्रियाशील सम्पूर्ण सञ्चार कर्मीहरुलाई उपस्थित भई उपचार लिन आग्रह गरिएको महासंघका सचिव माधव बरालले बताउनुभयो ।

दन्त शिविरमा उपचार लिएका सेवाग्राहीहरुलाई आवश्यकताका आधारमा पूनः उपचार तथा फलोअपको पनि व्यवस्थाप मिलाईएको नेलम्बो नेपालका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारीले बताउनुभयो ।

हरेक वर्ष मे ३ ९वैशाख २०० विश्वभर प्रेस स्वतन्त्रता दिवसमा रुपमा मनाइदै आइएको छ । नेपाल पत्रकार महासंघ तथा प्रदेश र जिल्ला शाखाहरुले यस दिन देशभर विविध कार्यक्रमसहित विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गर्दछन् ।

Comments
Loading...