‘टाइगर कप’ भलिबलबाट साढे पाँच लाख बचत

हिमाली आवाज । पोखरामा माघ पहिलो साता सञ्चालन भएको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब’ भलिबल प्रतियोगिताबाट साढे पाँच लाख बचत भएको छ ।

टाइगर ग्रुफ अफ नेपाल पोखराले आज टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरेको छ । आयोजकले प्रतियोगिताबाट बचेको पैसा भलिबल खेलकै विकासका लागि खर्चिने जनाएको छ ।

गत माघ ८ देखि १४ गते सम्म पोखरा रङ्गशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा प्रतियोगिता सञ्चालन भएको थियो । सो प्रतियोगिता आयोजनाबाट जम्मा रु ९० लाख ६७ हजार ५५ आम्दानी भएको थियो । त्यसैगरी खर्चतर्फ रु ८५ लाख १५ हजार १ सय १४ भएको र जम्मा रु पाँच लाख ५१ हजार ९४१ बचत भएको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले बताउनुभयो ।अध्यक्ष शर्माले बचत भएको रकम सामजिक विकास एवं खेलकुद क्षेत्रको विकासका लागि खर्चिने बताउनुभयो ।

उहाँले भन्नुभयो,“टाइगर कप मार्फत भलिबल खेल विकासमा सहयोग पुगेको छ । सबैको सबैको सहयोगले प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न भूमिका खेलेको छ । स्वदेश तथा विदेशबाट सहयोगी संस्था तथा मित्रहरुलाई आभार व्यक्त गर्दछु ।”कुल आम्दानी मध्ये टिकट सङ्कलनबाट रु १६ लाख ७५ हजार पाँच सय आम्दानी भएको छ ।

स्वदेश तथा विदेश एवं संघ संस्थाहरुको सहयोगबाट रु ३९ लाख ४१ हजार ५५५, मुख्य प्रायोजकबाट रु १४ लाख ५० हजार, राष्ट्रिय खेलकुद परिषदबाट रु आठ लाख, प्रदेश खेलकुद परिषद गण्डकीबाट रु पाँच लाख र पोखरा महानगर पालिकाले रु सात लाख सहयोग गरेको आयोजकले जनाएको छ ।प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ सशस्त्र प्रहरीको एएिएफ कलबले उपाधि जितेका थिए ।

गण्डकी प्रदेश सभा सदस्य एवं संस्थाका महासचिव प्रकाश बरालले खेलकुदमा सबैलाई अट्ने वातावरण आवश्यक रहेको बताउनुभयो । खेल पूर्वाधार निर्माणमा राज्यको ध्यान जानु पर्नेमा उहाँले जोड दिनुभयो ।

Comments
Loading...