हिमाली आवाज । एघारौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ ।
आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको आयोजक युनाईटेड क्लवले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । स्थापना कालदेखी युनाईटेड क्लवले पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणको क्षेत्रमा कार्य गर्दै आइरहेको छ ।
महोत्सवकै आम्दानीबाट युनाईटेड क्लवले एघारौं पोखरा महोत्सवको संघारमा आइपुग्दा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शिक्षाबाट बञ्चित नहोस भन्ने उद्देश्यले १२ वटा सामुदायिक विद्यालयहरुमा छात्रबृत्ति कोष स्थापना गरिएको क्लवका अध्यक्ष राजु श्रेष्ठले बताउनुभयो ।

त्यस्तै आर्थिक अभाव भर्ई स्वास्थ्य लाभ लिन नसकेका तथा ग्रामीण क्षेत्रलाई लक्षित गरी विभिन्न दुरदराजका गाउहरुमा स्वास्थ्य शिविर, युवाहरुलाई कुलतबाट फस्नबाट रोक्नका लागि खेलकुदको माध्यमबाट सवल र सक्षम नागरिक बनाउनको लागि युनाईटेड क्लवले खेलकुदका कार्यक्रमहरु आयोजना गर्नुका साथै विभिन्न संघ संस्थाहरुले आयोजना गर्ने राष्ट्रिय तथा स्थानिय खेलकुद प्रतियोगिताहमा प्रायोजक, प्रवद्र्धक तथा सहयोगी संस्थाको रुपमा रही टेवा पु¥याउदै आइरहेको समेत अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
क्लबले स्थापना कालदेखीनै उठाउदै आएको पोखरामा मानवनिर्मित खुल्ला चिडियाखाना निर्माणको कामले यतिवेला तीब्रता लिइरहेको बताउदै श्रेष्ठले हाल सम्म युनाईटेड क्लबले चिडियाखाना निर्माणका लागि ५८ लाख ८५ हजार रुपैया नगद प्रदान गरिसकिएको वताए । क्लवलको पहलकदमीमा तत्कालिन पश्चिमाञ्चल विकाश क्षेत्रका क्षेत्रिय निर्देशक दिनेश कुमार थपलियाले पोखरालाई २० उत्कृष्ट गन्त्ब्य निर्माण गर्ने उद्देश्यभित्र चिडियाखाना पनि रहेको २० काम मध्ये चिडियाखाना निर्माणलाई प्राथमिकतामा राखिएको थियो ।
सोही अनुरुप पोखरा महानगरपालिकाको ३०, ३१ र ३२ मा रहेको पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक बन क्षेत्रको १ सय ३४ हेक्टर जमिनमा २०७२ साल साउन १५ गते सिलान्यास भइ पशुपंक्षी उद्धार केन्द्र हुदै हाल चिडियाखाना गण्डकी पदेश सरकारले प्रदेशको गौरवको योजनामा राखी जिल्ला बन डिभिजन कार्यालय मार्फत निर्माणको कार्य अगाडि वढिरहेको क्लवका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
एघारौं पोखरा महोत्सवबाट चिडियाखानाको ठाउमा सेती नदी एक सहशीक पर्यटकीय गन्तब्य निर्माणका लागी केही रकम छुट्याइने अध्यक्ष श्रेष्ठले वताए । प्रत्येक महोत्सवमा प्रति टिकटबाट एक रुपैया सेती नदी संरक्षण अभियानलाई छुट्याइने समेत श्रेष्ठले जानकारी दिनुभयो ।