तिमिल्सिना र गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुँदै

हिमाली आवाज । गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पोखराका क्रियाशील पत्रकारद्धय रामप्रसाद तिमिल्सिना र राम गुरुङ पुरस्कृत हुनुहुने भएको छ ।

नेपाल पत्रकार महासंघ कास्की शाखाबाट सञ्चालित सो पुरस्कार पत्रकार गुरुङले २०७७ र तिमिल्सेनाले २०७८ को पुरस्कार प्राप्त गर्नुहुनेछ । पुरस्कारको राशि नगद २५ हजार एक रुपैयाँ रहेको छ ।यही साउन २० गते सो पुरस्कार अर्पण गरिने महासंघ कास्कीले जनाएको छ।

पत्रकारद्धय गुरुङ र तिमिल्सेनाले पोखरामा रहेर दुई दशकदेखि पत्रकारिता गर्दै आइरहनुभएको छ । तिमिल्सेना रेडियो नेपाल र गण्डकी बहस डटकममा आवद्ध हुनुहुन्छ । गुरुङ विशेषगरि फोटो पत्रकारितामा सक्रिय हुनुुहुनछ ।

प्रतिभा छनोट समितिका संयोजक एवं अग्रज पत्रकार कोमलनाथ बराल, सदस्य कृष्णप्रसाद बास्तोला, श्याम कुँवर, महासंघ अध्यक्ष विमला भण्डारी र सचिव माधव बरालको समितिले गरेको सिफारिसलाई महासंघको सोमबार सम्पन्न बैठकले अनुमोदन गरेको हो ।

Comments
Loading...