वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन आउन अब मात्र तीन दिन बाँकी छ । मंगलबार रातिदेखी मौन अवधि सुरु हुने भएकाले राजनीतिक दल र तिनका उम्मेदवारहरु घरदैलो र चुनावी सभाको अन्त्य तिर छन् । विभिन्न राजनीति दल तथा स्वतन्त्र उम्मेदवारहरुले जनतासँग मत मागेर विजयी गराउन आग्रह गरेका छन् ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेकपा(एमाले)का तर्फबाट विक्रम गुरुङ उम्मेदवार हुनुहुन्छ । विसं २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा विजयी भएर पाँच वर्षे कार्यकाल पूरा गरेपछि उहाँ अहिले गाउँपालिकाको उम्मेदवार बन्नुभएको छ । आसन्न स्थानीय तह निर्वाचनमा उहाँका प्रतिवद्धता र एजेण्डाहरु के के छन् ? निर्वाचन प्रचार अभियान कसरी अघि बढेको छ भनेर अध्यक्षका प्रत्याशी गुरुङसँग हिमाली आवाजले गरेको कुराकानी ।
निर्वाचन अभियान कसरी अघि बढाउनुभएको छु ?
स्थानीय तहको निर्वाचनमा हामीले माछापुच्छ्रेका नौ वटै वडामा घरदैलो सकेका छौँ । घरदैलो सकिएर मौन अवधि सुरु हुनै लाग्छा वृहत चुनावीसभा पनि गयौँ । माछापुच्छ्रेवासी नेकपा एमालेका उम्मेदवारलाई जिताउन आतुर छन् । हाम्रो पक्षमा जनलहर बढेको छ । वैशाख ३० गते जनताको अभिमतलाई हामी हाम्रो पक्षमा भोटमा परिर्वतन गछौँ र विजयी हुन्छौँ ।
तपाईका चुनावी एजेण्डा के छन् ?
हामी निर्वाचित भएर आएपछि पर्यटन र कृषि र शिक्षामा केन्द्रीत भएर काम गर्नेछौँ । पर्यटनमा एडभेञ्जर देखी क्लासिकल धेरै विधाहरु छन् ।
माछापुच्छ्रे गाउँपालिकाको भुगोलले मागे अनुसारको पर्यटनको विकास गछौँ । कुनैमा ट्रेकिङ होला, कुनैमा हाइकिङ, साइलिक्ङ होला, क्यानोनिङ, र्याफटिड, प्याराग्लाइडि जुन वडामा र भुगोलमा जे सम्भव हुन्छ त्यही विधामा पर्यटनमा काम गछौँ ।
विशेषगरी हामी यो मर्दी हिमाललाई क्लाइम्बिङ इन्स्टिच्युटको रुपमा विकास गरेर क्लाइम्बिङ गाईड उत्पादन गर्ने र युवाहरुलाई अर्थ र रोजगारीसँग जोड्ने मुख्य एजेण्डा छ ।
हामी माछापुच्छे गाउँपालिकावासीहरु कृषिमा निर्भर छौँ । छरिएर रहेको कृषिलाई एकीकृत ढंगाबाट वान डोर सिस्टममा लैजान्छौ । लाहाचोकमा चिस्यान केन्द्र खोलेर कृषि उपजहरुहरुरुलाई चिस्यान केन्द्रमा राख्छौँ । हामीले वान डोर सिस्टमबाट बजारमा लैजान्छौँ । बजारबाट लिन आउनेहरु त्यहाँ आउँछन् ।
हामीले दुग्ध उद्योग स्थापना गछौँ भनेका छौँ । उद्योग स्थापनाका लागि दुधजन्य पदार्थ यहाँ उत्पादन गछौँ । विस्कुट उद्योग राख्ने र त्यसको क्वालिटी र ब्राडिङ गर्ने योजना छ । यहाँका जडीबुटी यार्सागुम्बाहरुलाई विस्कुटमा मिसाउने र शक्तिबर्दक बनाउने र प्रवद्र्धन गर्नेछौँ । त्यसको बजार युरोप, अमेरिकासम्म पनि विस्तार गर्न सकिन्छ । े नेपालको जडिबुटि हालेको विस्कुटको बजार अन्तर्राष्ट्यिस्तरमा पनि राम्रो हुने विश्वास छ । यसका लागि विज्ञहरुसँग सल्लाह गर्दछौँ । यसबाट विदेशी मुद्रा नेपाल भित्राउने लक्ष्य छ । मानिसको आयआर्जनलाई रोजगारसँग जोड्ने हाम्रो मुख्य ध्येय हुनेछ । हामी निर्वाचित भएर गएपछि गाउँ कार्यपालिकाको पहिलो बैठकबाट चिस्यान केन्द्र र उद्योग स्थापना गर्ने निर्णय गर्नेछौँ ।
यसैगरी शिक्षा विकासको मुल हो । शिक्षा विकासका लागि अहिलेको पाठ्यक्रमलाई अलिकति प्रयोगात्मक शिक्षामा लैजाने योजना छ । पाठ्यक्रममा विकास गरेर लैजान सकिन्छ । यसबाट सैद्धान्तिक भन्दा व्यावहारिक ज्ञान विद्यार्थीले पाउँछन् ।
वडाध्यक्ष भएर काम गर्नुभयो ? के कति अनुभव हासिल गर्नुभयो ?
वडाध्यक्ष बनेर पाँच वर्ष व्यतित गरेपछि संविधानका धेरै व्यवस्थाहरु बारे जानकार भइयो । संविधानले परिकल्पना गरेको, आर्थिक, सामाजिक, पूर्वाधार, विपद् व्यवस्थापन, न्याय र सुशासनका छ वटा क्लष्टर संविधानले दिएको छ । क्लस्टर भित्र रहेर यो यो क्षेत्रमा रहेर काम गर्ने भनेर कार्यपालिका सदस्यको नाताले सबै थाहा भएको छ ।
थाहा भइसकेकोपछि त्यसलाई कार्यान्वयनमा दौडिदा हुन्छ । यो के हो ? कसो गर्ने होला भन्ने परेन । नयाँलाई जस्तो भएन, सिधै एक्सनमा जान सकिन्छ अब ।