नेपाली काँग्रेसबाट पोखरा–१२ को वडाध्यक्षमा युवा नेता बास्तोला उम्मेदवार

हिमाली आवाज । नेपाली कांग्रेस पोखरा–१२ को बैठकले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावको लागि नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षमा सन्तोष बास्तोलालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।

वडा अध्यक्षमा दावी गर्नुभएका नेपाली कांग्रेस कास्की क्षेत्र न १( ख) का सभापति कृष्ण कोइरला र पुर्व वडा सभापति राधेश्याम कोइरला तथा पुर्व वडा सदस्य बल वहादुर कार्कीले दावेदारी छोडिदिए पछि बास्तोला पोखरा–१२ को वडा अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवार सिफारिस हुनुभयो ।

सर्वसम्मत उम्मेदवार भए पछि बास्तोलाले आफु विजयी भएमा नमुना वडा बनाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो । बास्तोलाले वडा सदस्यको बारेमा दुई तिन दिन भित्रै बैठक बसी सर्वसम्मत निर्णय गरिने हिमाली आवाजलाई जानकारी दिनुभयो ।

बास्तोला हाल नेपाली काग्रेस वडा इकाई समिति पोखरा १२ का सभापति समेत हुनुहुन्छ । नेविसंघको राजनितिबाट अगाडि बढेका बास्तोला युवाहरु माँझ लोकप्रिय हुनुहुन्छ ।

Comments
Loading...