काठमाडौं । नेपालका पूर्व फिफा रेफ्री लव खत्रीको निधन भएको छ । सोमबार बिहान मेडिसिटी हस्पिटलमा उपचारका क्रममा खत्रीको निधन भएको हो ।
![](https://www.himaliawaj.com/wp-content/uploads/2024/04/09-Janhitma-Jari-Jaruri-Suchana-B-1700-x250-Dadelo.jpg)
सोमबार बिहान मर्निङ वाक गरेर खत्री नुहाउनका लागि वाथरुम जानुभएको थियो । वाथरुममा लडेपछि उहाँलाई उपचारका लागि मेडिसिटी हस्पिटल पुर्याइएको थियो । हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । खत्रीको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि एन्फा कम्पलेक्स सातदोबाटोमा राखिने भएको छ ।