हिमाली आवाज । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले उद्योग धन्दा संचालन गर्दा कानूनी रुपमा आइपर्ने बाधा अड्चन फुकाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीको शनिबार पोखरामा भएको भएको १८ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री बरालले कानूनी उल्जनबाट उद्योग धन्दा संचालनमा आएका बाधा अड्चन फुकाउन बिषेश पहल गर्ने स्पष्ट पार्नुभयो ।
राज्यले निजी क्षेत्रको पूँजीलाई ठिक ढंगले व्यबस्थित गर्न नसके आर्थिक विकास गर्न नसकिने बताउँदै निजी पूँजीलाई विकासमा लगाउने बताउनुभयो । उहाँले भन्नुभयो “हामीले सच्चाउनु पर्ने कुरा के हुन त्यसको बारेमा निजी क्षेत्रसंग बसौं छलफल गरौं, नियम कानुनहरु संसोधन गर्नुपर्ने भए हामी समाधान गछौँ । कानूनको कारणले गर्दा विकासलाई पछि पार्न पाइदैन् । ”
कार्यक्रममा उद्योग बाणिज्य उपभोक्ता अधिकार संरक्षण क्षेत्रिय कार्यालयका निर्देशक नारायण आचार्यले विना दर्ता कसैले पनि उद्योग धन्दा तथा व्यवसाय संचालन गर्न बताउनुभयो ।
जिल्ला वन डिभिजन कार्यालय कास्कीका प्रमुख केदार बरालले संघिय सरकारको कानूनमा अझै पनि रुख काट्ने बिषयमा ठुलो झनझट भएको गुनासो गर्नु भयो । पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले नेपालमा अझै पनि दक्ष कर्मचारी अभाव भएको बताउदै कोरोना बिरुद्धको खोपले व्यवसायीमा आसा जागेको बताउनु भयो । संघका गण्डकी प्रदेश अध्यक्ष युवराज पौडेलले पोखरा सहित प्रदेशमा दर्ता विना सयौंको सङख्यामा व्यवसाय संचालन भएको दाबी गर्नु भयो ।
पोखरा च्याम्बर अफकमर्सका अध्यक्ष यामनाथ पौडेलले दर्ता विना व्यवसाय संचालन गर्ने बिरुद्ध लाग्नुपर्ने बताउनु भयो । मलेसियाबाट आयातित भएको सालको काठ नेपालमा बिक्री वितरणले आम उपभोक्ता ठुलो मारमा पर्ने दाबी गर्नु भयो । फेवा क्लासिकका सिईओ बिष्णु शमाले नेपालमा गुणस्तरिय म्याट्रेस उत्पादनहुने दाबी गर्दै भन्सारमा परिपक्क कर्मचारी आवश्यक भएको बताउनु भयो ।
संघका अध्यक्ष युवराज बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघका निवर्तमान केन्द्रिय अध्यक्ष भूपेन्द्र गिरी, संघ कास्कीका प्रथम उपाध्यक्ष थोमनाथ अर्याल, महासचिव रामजीप्रसाद तिवारी लगायतले व्यवसायिक हक हितका बारेमा भनाई राख्नुभएको थियो ।