हिमाली आवाज । विद्यार्थीहरुले माछापुच्छ्रे गाउँपालिकाका नौ वटै वडाबाट पृथ्वीनारायण क्याम्पससम्म सञ्चालन गर्ने गरी बस सुविधाको व्यवस्था गर्न माग गरेका छन् ।
अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका नेताहरुले आज गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङलाई ज्ञापनपत्र बुझाउँदै भौतिक रूपमा पठनपाठन सुरू हुने बित्तिकै गाउँपालिकाका सबै वडाहरुबाट पृथ्वीनारायण क्याम्पस लक्षित बिहानी र दिवा बस सञ्चालन गर्ने तयारी अविलम्व शुरु गर्न आग्रह गरेको छ ।
अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीका अध्यक्ष विष्णु पोखरेल, अखिल क्रान्तिकारी माछापुच्छ«े गाउँपालिकाका नेता चिरञ्जीवी अधिकारी र अनेरास्ववियु माछापुच्छ«े गाउँ पालिका कमिटीका अध्यक्ष अनिल पौडेलले गाउँपालिका अध्यक्ष गुरुङसँग भेट गरी बारम्बार ध्यानाकर्षण गराइरहँदा पनि आफूहरुको माग पूरा भएकाले विद्यार्थी र माछापुच्छ्रे बासी सबैको हितको लागि बस शुरु गर्न माग गर्नुभएको हो ।
पोखरामा बसेर अध्ययन गर्दा एउटा विद्यार्थीको कोठाभाडा,पानी,बत्ति,ग्याँस,चामलको मात्रै मासिक २० हजार खर्च हुने गरेकाले गाउँबाट साँझ विहान बस सञ्चालन गर्दा बजारमा बसेर अध्ययन गर्नुपर्ने अवस्था नआउने अनेरास्ववियका अध्यक्ष विष्णु पोखरेल बताउनुहुन्छ ।
पोखरेलले गाउँपालिकाका सबै वडाबाट बिहानी र दिवा सिफ्टमा अध्ययन गर्ने विद्यार्थीहरुलाई मिल्ने गरी बस सञ्चालन गर्नु आवश्यक रहेको बताउँदै मासिक रूपमा २ हजार ५ सय बसभाडाले स्नातक र स्नातकोत्तर तहसम्कको अध्ययन गर्ने मौका विद्यार्थीहरूले पाउने छन् ।
उहाँले भन्नुभयो,“पृथ्वी नारायण क्याम्पस र माछापुच्छ्रे गाउँपालिका भित्रका वडाहरु लगभग १५ किलोमिटरको दुरीमा पर्दछन्। माछापुच्छ्रे गाउँपालिकामा लगभग २४ % घर परिवार गरिबीको रेखामुनि छन्। गरिबीको कारण ११÷१२ अध्ययन गरेर पढाइ छोड्ने विद्यार्थीको संख्या करिब ४५% प्रतिशत छ । ।ऋण काढेर, विदेश गएर सन्तान पढाउनुपर्दा छोराछोरीको उज्वल भविष्यको लागी अरबियन मुलुकमा रगत पसिना बगाएका कतिपय अभिभावकहरू बाकसमा फर्किनुपरेको काहालीलाग्दो घटनाहरु घटिरहेका पनि छन्।”