हिमाली आवाज । कास्की प्रहरीले अवैध रुपमा चन्दा संकलन गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
बिहीबार अन्दाजी १६ः०० बजेको समयमा पोखरा महानगरपालिका–२६ बिजयपुरमा रहेको न्यु हाईवे स्टाफ होटेल एण्ड लजमा कोठा भाडामा बस्ने झापा बिर्तामोड नगरपालिका–१ बस्ने ३४ वर्षीया एलिजा बस्नेत, ३२ वर्षीय टेक बहादुर बस्नेत र झापाकै हल्दोबारी गाँउपालिका–१ बस्ने ४४ वर्षीय धन बहादुर सेन्चुरीलाई चन्दा संकलनको अभियोगमा पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
“युनिक स्वयंसेवक नेपाल” नामक संस्थाको नामबाट अबैध रुपमा चन्दा संकलन गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटिइ होटलबाट नगद रु चार लाख छ हजार ४०० र विभिन्न कागजात फेला पारिएको बताइन्छ ।