हिमाली आवाज । सरकारले महिनामा २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकलाई निःशुल्क गर्ने भएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गका ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध हुने तथा दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिने बताउनुभयो ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले विपन्न वर्गलाई निःशुल्क विद्युत् उपलब्ध गराउने सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले निर्णय गरिसकेको छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी मन्त्री भुसालले जानकारी दिनुभयो ।
नेपाल विद्युत् प्राधिकरण र सामुदायिक ऊर्जा उत्पादनका गरी २६ लाखभन्दा बढी ग्राहकले यस्तो सुविधा पाउनेछन्। ऊर्जामन्त्री भुसालले विद्युत् खपत बढाउन, आयातित ग्यासलाई विस्थापन गर्दै आफ्नै देशमा उत्पादन हुने विद्युतको उपभोग बढाउन अभिप्रेरित गर्नका लागि विद्युत् महसुल समायोजन गर्ने निर्णय भएको समेत जानकारी दिनुभयो ।