काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई कसैले अविश्वास गरिरहनु पर्ने कुनै कारण नै नरहेको बताउनुभएको छ ।
प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले समस्यालाई समाधान गरेर अघि बढ्ने सन्दर्भमा यो सरकारमाथि विश्वास गर्नु नपर्ने कुनै कारण नरहेको बताउनुभयो ।
‘सत्यलाई पछ्याउने हो भने यो सरकार कुनै हिसाबले विश्वास गर्नु नपर्ने सरकार हुँदै होइन,’ प्रधानमन्त्रीले भन्नुभयो,‘भौगोलिक अखण्डताको रक्षा गर्ने, राष्ट्रिय हितलाई सर्वोपरी मानेर व्यवहार गर्ने सन्दर्भमा वर्तमान सरकारले कुनै पनि कसर नराखेको कुरा तस्बिर आफै बोल्छ भनेजस्तै छ ।’