♦भानुभक्त अधिकारी
कम्युनिस्ट पार्टीको ७२ औ स्थापना दिवस ! आजकै दिन कमरेड पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको ७२ बर्ष पुरा भएको छ । संस्थापक नेता कमरेडहरु पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जन गोबिन्द बैद्य, नारान विलास जोशी र मोतिदेबी श्रेष्ठ लगायत सस्थापक रहेको कम्युनिस्ट पार्टी आजको दिन सम्म आउँदा एकता र विभाजनको लामो श्रृङ्खला आत्मसात गरेको ईतिहास हाम्रो अगाडि ताजा नै छ ।यो आन्दोलनले आजसम्म भोगेका कठिन मोडहरु मध्ये आज सबैभन्दा कठिन अवस्थामा रहेको छ ।
मलाई किन कम्युनिस्ट पार्टीको सदस्य बन्नको लागि आकर्षण गर्यो र त्यो पनि माओवादी पार्टीलाई नै किन रोजे सर्वप्रथम माक्र्सवादी ,लेनिनवाद र माओवादमा कहिल्यै स्वार्थ हुदैन भने कुरा काल माक्र्स ,लेनिन र माओको विचारले मलाई अनुबन्ध बनायो । कम्युनिस्ट हरुमा त्याग र बलिदानको भावना हुन्छ ,सर्वहारा चरित्र र सस्कृति हुन्छ ,अनुशासन र गोपनियता कडा हुन्छ ,जनवादी केन्द्रियताको आधारमा पार्टी सगठन सञ्चालन गरिन्छ ,सर्वहारावादी जीवनशैली हुन्छ ,एकले अर्को लाई कमरेडली सहयोग हुन्छ भन्ने मलाई लाग्यो ।
बिचार ,राजनीति ,सिद्धान्त र लक्ष्य पहिलेनै निर्धारण गरिएको हुन्छ ।गलत र खराब लाई कारवाही असल र योग्यलाई प्रोत्साहन गरिन्छ ।कमरेड प्रती दया,स्नेह र माया प्रेम र बैरिप्रती घृणा ,क्रोध र सधैं आक्रोश हुन्छ । ब्यक्तिवाद ,अराजकता र अनुशासनहिन लाई पार्टीले नियन्त्रण गर्नु ईमानदार र त्यागी कार्यक्रताको सही मुल्यांकन गरिने छ नकि गलत,बदमास,ब्यक्तिवादी,फटाह हरुलाई अबसर प्रदान गरिने छैन । पार्टीमा आलोचना र आत्मलोचनालाई मुख्य रुपमा हेरिने छ जस्ता धेरै कुराले म जस्ता धेरैलाई माओवादी बन्नको लागि पेरित गर्यो नकि अन्य आफैंमा ठुला कम्युनिस्ट पार्टी भन्ने हरुमा लाग्न सकिएन ।
व्यवहारिक कुरा गर्ने हो भने त्यसबेलाको एमालेले राजतन्त्रात्माक ंसंसदीय बहुदलीय व्यवस्थालाई सुधार गर्ने र चुनावबाट विकल्प खोजी बाम सरकार बनाउने ,राजा सग सहकार्यको लागि दलाली गर्ने ,सघीयता र गणतन्त्रको विरोध गर्ने कसरी सरकारमा पुग्ने पन्चहरुसग साठगाठ गरी अगाडि बढने र साम्राज्यवादीहरुसँग खुला अर्थतन्त्रवादी र सुधारवादी भएको स्विकार्नु शिक्षा र स्वास्थलाई निजीकरण गरी त्यसमा दलालीहरुसँग सहकार्य गर्ने निजी सम्पत्तिको कसरी थुपार्ने भन्नेलाई प्राथमिकतामा राखेर नेताहरुमा तीव्र प्रतिस्पर्धा थियो।
आजको दिनमा आउँदा यी कुरालाई व्यवहारमा देखियो । राज्यकोषको दुरुपयोग गर्ने ठूला ठूला महल बनाउने र दाईजो बाट प्राप्त भएको भन्ने ,अनि आफुलाई कम्युनिस्ट र सर्वहाराको नेता भन्न नछाड्ने विडम्वना । बिश्वकै गरिव देशमा पनि कम्युनिस्टका नेताहरु करोडौं मूल्य पर्ने सवारी साधन खरिद गर्ने र वैदेशिक भ्रमणमा रमाउने ,योग्यता र क्षमता नपुगेका आफ्ना चेला ,नातागोता लाईनै भर्ती गर्ने ,आत्मघाती असमान सन्धी गर्ने,भ्रष्टाचारी लाई कमिसनको आधारमा छुट दिने,चुनाब जित्नको लागि सरकारी कोषको दुरुपयोग गर्ने ,दैनिक उपभोगका सामानहरुमा मुल्य वृद्धि गराउनमा तल्लिन देखिने काम एमालले गरेको छ ।
मन्त्री र सासद बनेपछि महल खडा गर्नु पर्ने,के कसरी हुन्छ बिदेशी दलाल र पुँजी पतिहरुलाई देश भित्र लगानी गर्न र छुट दिनको लागि लागिपरेका कै छन् ।आफ्ना छोरा छोरीलाई बिदेशी र नाम चलेका महंगा विद्यालयमा अध्ययन गराउने ,आफनो र परिवारको उपचारको लागि बिदेश लैजाने अनि मिडियामा सर्वहारा जनताको नेता भनेर जनतामा कालोपोतिएको अनुहार लिएर जाने बाहेक अन्य काम आजको दिन सम्म गरेको पाइएको छैन ।
आजको यो ब्यबस्था ल्याउनको लागि आफनो जिवनको आहुती दिने सहिद परिवारको अवस्था कस्तो छ ? आन्दोलनको क्रममा घाइते र अपाङ्ग हरुको अबस्थामा कस्तो छ खोजी गर्नु नपर्ने बेपत्ताहरु बारेमा केही बोल्नु नपर्ने कस्तो कम्युनिस्ट पार्टी बनाउन खोजेको हो त्यो कुरा लाई कहिले आत्मसात् गर्ने हो ?
मुल्यमान्यता ,आदर्श, नैतिकता ,बिचार र सिद्धांत लाई तिलान्जली दिएर स्वार्थको भिख माग्ने , सहिदको छातिमा टेकेर उसकै रगत चुस्दै मोजमस्ती गर्ने जस्ता कार्य गर्ने र कार्यकर्ता लाई दिउँसो लाई अँध्यारो छ भन्न लगाउने, प्रतिगामी र यथाथितिवादिहरुसँग सहकार्य गर्नु ,भनेको यो छेपारो तरिका बाहेक अरु केही होईन ।
अब पनि ढिलाढाला गरेर त्यस्को दोष अरुमाथी थुपार्ने र आफ्नो शक्तिलाई आक्रोशित बनाउने र युवाहरुलाई राजनीति प्रती घृणा जगाउने खालको गतिविधिको अन्त्य जरुरी छ । माओवादी नेतृत्वले सबै खालको भ्रमबाट मुक्त भई अग्रगामी क्रान्तिकारी र परिवर्तन चाहने शक्तिलाई एकतावद्ध गरी दृढ भएर आफनो लक्ष्यमा आगाडी बढनु पर्ने आजको आवश्यकता हो ।
(लेखक ः माओवादी केन्द्रका युवा नेता हुन् ।)