हिमाली आवाज । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ३ लाई पशुको पूर्ण खोपयुक्त वडा घोषणा गर्ने प्रक्रिया शुरु गरिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्याङ्जाले पूर्ण खोप कार्यक्रमबारे जानकारी दिन नगरपालिका, वडा तथा टोल स्तरीय अभिमुखिकरण तथा प्रचार प्रसार कार्यक्रम गरेको हो ।
वडा नं. ३ का जनप्रतिनिधि, टोलविकास संस्थाका प्रतिनिधि, समाज परिचालक लगायत सरोकारवालाका विचमा पशुको पूर्ण खोपको प्रक्रिया र चरणका बारेमा जानकारी दिने उद्धेश्यले अभिमुखिकरण गरिएको जनाइएको छ ।

उनले पशुपञ्क्षीजन्य वस्तुहरु कुनै न कुनै रुपमा उपभोग गरिने भएकाले यसको प्रत्यक्ष असर मानवमा पनि पर्ने भएकाले पशुपक्षिलाई स्वस्थ राख्नुपर्नेमा जोड दिइन् ।नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउँनका लागि किसानलाई प्रति लिटर १० रुपैयाँ अनुदान दिने तयारी भइरहेको उनले बताइन् ।
कार्यक्रममा पशु सेवा विज्ञ केन्द्रका प्रमुख ब्रज किशोर ठाकुरले नमूनाका रुपमा वडा नं ३ छानिएकाले प्रभावकारी बनाउँन सबैले सहयोग गर्नुपर्ने बताउँदै कार्यक्रम सफल बनाउन पशु चिकित्सक तथा पशु स्वास्थ्य कार्यकर्ता घरघरमा आउने भएकाले सल्लाह बमोजिम तालिकामा खोप लगाई पशुलाई स्वस्थ आग्रह गरे ।
उनले पशुको लगत लिनका लागि पशु गणकहरु घरघरमा आउँने भएकाले सही सूचना दिन आग्रह गर्दै कार्यक्रमबाट लाभ लिन सबैमा आग्रह गरेका छन् ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख महेश पुरी, जिल्ला समन्वय अधिकारी विश्वप्रकाश अर्यालले पशुपालनको क्षेत्रमा ठूलो लगानी भइरहेकाले पशु स्वास्थयमा ध्यान दिदैं उत्पादन र उत्पाकत्व बढाउन तर्फ लाग्न सुझाव दिए ।
गण्डकी प्रदेशले जारी गरेको पशुको पूर्ण खोप कार्यक्रम कायान्वयन कार्यविधि २०७६ अनुसार पुर्ण खोपयुक्त बनाउने प्रक्रिया शुरु भएको हो ।

कार्यक्रममा पशु प्रजाति अनुसार खोरेत, भ्यागुते÷चरचरे, पीपीआर, स्वाइन फिवर, रेबिज लगायत आवश्यक सबै प्रकारका खोप लगाइनेछ ।
वडालाई पूर्ण खोपयुक्त घोषण गर्न खोप लगाउन योग्य पशु संख्याको कम्तीमा ८० प्रतिशत पूर्ण खोप लगाएको हुनुपर्ने कार्यविधिमा प्रावधान रहेको छ । केन्द्रका प्रमुख ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत अधिकृत खुमलाल ढकाल र संचालन अधिकृत पुरुषोत्तम कोइरालाले गरेका थिए ।