हिमाली आवाज । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका विरुद्ध पार्टी संसदीय दलमा अविश्वास प्रश्ताव दर्ता गरेका पार्टीभित्रैकै असन्तुष्ट समूह पछि हटेको छ ।
अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह निकट प्रदेश सभा सदस्यहरु अविश्वासको प्रस्तावबाट पछि हटेका छन् ।
नेकपाका केन्द्रीय सदस्य निरज आचार्य नेतृत्वको टोलीले सुर्खेत पुगेर नेपाल समूहका ७ जना हस्ताक्षरकर्ताहरुलाई प्रश्तावबाट पछि हटाउन पलह गरेका थिए ।
माधव नेपाल पक्षका तीन जना मन्त्री बनाउन मुख्यमन्त्री शाही सहमत भएसँगै अविश्वासको प्रश्तावमा हस्ताक्षरकर्ता नेपाल निकट सांसद पछि हटेको बताइन्छ । मुख्यमन्त्री शाही निकट १३ र माधव नेपाल निकट सात गरी शाहीको दलमा बहुमत पुगेको छ ।
मुख्यमन्त्री शाही विरुद्ध दलमा अविश्वास प्रश्ताव दर्ताभएपछि प्रदेश तथा संघको राजनीतिमा समेत तरंग आएको थियो ।