पोेखरा,७ असोज । प्रहरीले बाघको छाला, सालकको खपेटा तथा आखेटोपहार सहित पोखरामा एक जनालाई पक्राउ गरेको छ ।
धादिङको गल्छी गाउँपालिका–४ का २८ वर्षीय सन्तोष लामिछानेलाई विशेष सूचनाका आधारमा हिजो साँझ पोखरा–३१ बाट पक्राउ गरी थप अनुसन्धान र आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय कास्कीमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता सुवास हमालले जानकारी दिए ।
![](https://www.himaliawaj.com/wp-content/uploads/2024/04/09-Janhitma-Jari-Jaruri-Suchana-B-1700-x250-Dadelo.jpg)
पक्राउ परेका लामिछानेको साथबाट बाघको छाला लम्बाई आठ तथा चौडाई तीन फिटको एक थान, सालकको खपेटा लम्बाई दुई फिट पाँच ईन्च र चौडाई ११ ईन्चको एक थान तथा वन्यजन्तुको (बाघ) जस्तो देखिने हाड खुट्टा तथा पञ्चा अन्दाजी तीन केजी ७५० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्लाभित्र वन्यजन्तुको आखेटोपहार अबैध ओसारपोसार तथा कारोवार हुँदैछ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहतको इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा साँझ १८ः३० बजे मा प्रदेश नं. ३–०२–०११ प ७८०६ नंम्वरको मोटरसाइकलको पछाडी जेब्रा झोलामा ती सामाग्री लुकाई छिपाई ल्याएको अवस्थामा नियन्त्रणमा लिइएको प्रनाउ हमालले जानकारी दिए ।