पोखरा,२९ साउन । तमु धिं नेपालले कोभिड १९ कोरोना भाइरसको संक्रमणले विश्व नै संकटग्रस्त रहेको अवस्थामा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
तमु धिं नेपालका अध्यक्ष कर्म तमु र उपाध्यक्ष तथा प्रचारप्रसार संयोजक हुमबहादुर तमुले आज एक अपिल जारी गरी तमु लगायत विभिन्न जाति समुदायको संस्कार र सँस्कृतिगत कर्म, कार्यक्रमहरुमा पनि विशेष सर्तकता अपनाइदिनुहुन अनुरोध गरेको छ ।
![](https://www.himaliawaj.com/wp-content/uploads/2024/04/09-Janhitma-Jari-Jaruri-Suchana-B-1700-x250-Dadelo.jpg)
मृत सँस्कार(अन्त्येष्टि, अर्घौं), विबाह, विभिन्न पुजा आजा, भेला, बैठक, तथा सपिङमल, बैंक लगायतमा भौतिक दुरी कायम गरी अनिवार्य उपस्थित हुनुपर्नेहरुको मात्रै उपस्थितिमा अर्थात सिमित संख्यामा विशेष सुरक्षा सावधानी अपनाइदिनु विशेष अनुरोध गरिएको छ ।
मु धिँले संक्रमण संख्या र मृत्यु संख्या बृद्धिका साथै पोखरामा कोभिड १९ समुदायस्तरमा प्रवेश गरिसकेकाले सतर्कता अपनाउनु बुद्धिमता हुने भएकाले कोरोना भाइरसको कुनै उपचार नभएकाले आफै जोखिममा किन पर्ने भन्दै हामी आफै सचेत बन्न आग्रह गरेको छ ।
गृहमन्त्रालयले पनि विगतमा वितरण गरिएको सवारी पास पनि बन्द गर्ने र आवत जावतमा नियन्त्रण गर्नुपर्ने परिपत्र समेत गरिएकालेविशेषतः तमु समाजका अध्यक्षज्युहरु लगायत विभिन्न सामुदायिक संघ संस्था, टोलविकास संस्थाका अगुवाहरुले विशेष ध्यान दिन समेत अपिल गरिएको छ ।