पोखरा,३ भदौ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले जारी निषेधाज्ञा पूर्ण पालनाका लागि गाउँवासीमा अपिल गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत कुमानसिँह गुरुङले सार्वजनिक सूचना जारी गरी अत्यावश्यक काम बाहेक अन्य कुनै प्रयोजनका लागि घरबाट बाहिर हिँडडुल नगरी निषेधाज्ञा पूर्ण पालनाका लागि गाउँपालिकावासीहरुमा आग्रह गरेका छन् ।
निषेधाज्ञा अवधिभर गाउँपालिका तथा वडा कार्यालयहरुबाट प्रवाह गरिने स्वास्थ्य सेवा बाहेका अन्य सम्पूर्ण सेवाहरु बन्द हुने गाउँपालिकाले जनाएको छ ।
पालिकामा कार्यरत कर्मचारीहरु कार्यालयप्रमुखसँग र वडामा कार्यरत कर्मचारीहरु वडाध्यक्षसँग निरन्तर सम्पर्कमा रही आवश्यक परेको बखत तत्काल सेवा दिन सक्ने गरी तयारी अवस्थामा रहन समेत निर्देशन दिइएको प्रशासकीय अधिकृत गुरुङले बताए ।