नेपालमा धेरै चलेको ब्राण्डमा पर्दछ महिन्द्रा। भारतीय कम्पनी महिन्द्रा एण्ड महिन्द्राले निर्माण गरेको यस व्राण्डलाई नेपालमा अग्नी ग्रुप तथा गण्डकी धौलागिरीमा बतास व्रदर्श प्रालिले विक्री गर्दै आएको छ । यसै सन्दर्भमा बतास व्रदर्श प्रालिका महिन्द्रा युनिटका विक्री प्रवन्धक पुष्पराज बरालसँग महिन्द्रा गाडीको बजारको अवस्था, विक्रीपछि सेवा लगायतका विषयहरुमा गरिएको कुराकानी ः
गण्डकीमा महिन्द्रा गाडीको बजार कस्तो छ ?
गण्डकी धौलागिरीमा महिन्द्रा गाडीको बजार राम्रो छ । हामीले लगभग ८० प्रतिशत बजार ओगटेका छौँ । यहाँको भौलिक अवस्था तथा बाटो सुहाउँदो भएकोले पनि महिन्द्रा गाडीको लोकप्रियता बढ्दो छ । अहिले गाडी पु¥याउन सक्ने अवस्था छैन । ग्राहकको अत्यधिक माग महिन्द्रामा छ । अहिले माग अुनसार गाडी पु¥याउन नसकिरहेको अवस्था छ ।
महिन्द्रा व्राण्डको विशेषता के छन्?
महिन्द्रा विश्वप्रसिद्ध कम्पनी महिन्द्रा एण्ड महिन्द्राका उत्पादन हुन् । महिन्दा भनेको एकदम चलेको व्राण्ड हो । विश्वभरीनै महिन्द्राका गाडी विक्री हुन्छन् । एउटा रेपुटेड र स्थापित ब्राण्ड हो । मुख्यत यसको सर्वसुलभ स्पेयर पार्टस्, माईलेज तथा रिसेल मूल्य राम्रो भएकोकारणलेनै महिन्द्रा व्राण्ड स्थापित भएको जस्तो लाग्दछ ।
यी तीनै कुराहरु मुख्य हुन् गाडीमा। कोही कसैले गाडी किन्दैछ भने पहिला हेर्नें भनेको यही ३ वटा कुरा हुन् । गाडी बेच्नुमात्र ठूलो कुरा होईन । गाडी किनेपछिको ग्राहकले सम्पूर्ण सेवा पाउन् भन्ने हो । मेरो विचारमा बिक्रीपछिको सेवा सवैभन्दा महत्वपूर्ण हो । हामीले वढ्दा विक्रीपछिको सेवा कसरी राम्रो वनाउने भन्नेमानै जोड दिएका छौँ । यस क्षेत्रका बाग्लुङ, म्याग्दी, स्याङ्जा, वेशीशहर, वालिकङ, दुलेगौडा तथा गोर्खामा पनि हाम्रो सर्भिस सेन्टर छ । महिन्द्राको गाडी विग्रियो भने पोखरानै आउनुपर्ने वाध्यता छैन । विक्रीपछिको सर्भिस राम्रो भएकोले पनि महिन्द्रा धेरैको रोजाईमा छ ।
ग्राहकहरुको कस्तो प्रतिक्रिया छ ?
पछि विक्री गर्दा पनि राम्रो मुल्य पाउने र सर्वसुलभ स्पेयर पार्टस्को कारणले ग्राहकहरु सन्तुष्ट भएको पाएका छौँ । महिन्द्रा किनेपछि दुख पाईदैन भन्ने उहाँहरुको वुझाई रहेको हामीले महशुस गरेका छौ । महिन्द्राका जीप, पिकअप तथा ट्याक्टरहरु पोखरावाट विक्री हुन्छ । महिन्द्रा बलेरो,स्कारपियो जिपहरु केयुभी १००, टियुएक्स ३००, एक्सयुभी ५०० यहाँवाट विक्री गर्दै आएका छौँ । सवै मोडलहरुमा ग्राहकको प्रतिक्रिया राम्रो छ।